You are viewing the translated version of विदेशी मुद्रा जम्मा गर्नु पर्ने.
Rule 11
विदेशी मुद्रा जम्मा गर्नु पर्ने
(१) नियम १० बमोजिम हेजिङ्ग स्वीकृति प्राप्त परियोजना वा त्यसको लगानीकर्ताले हेजिङ्ग गर्ने संस्थाले तोकेको अवधिभित्र अन्तर्राष्ट्रिय मुद्रा कोषले कायम गरेको स्पेसियल ड्रृइङ्ग राइट्स् (एसडीआर) भित्र पर्ने विदेशी मुद्रा कोषमा जम्मा हुने गरी हेजिङ्ग गर्ने संस्थाले तोकेको बैङ्क खातामा गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम विदेशी मुद्रा जम्मा भएपछि हेजिङ्ग गर्ने संस्थाले त्यस्तो विदेशी मुद्रा जम्मा गर्दाको दिन कायम रहेको विनिमय दर अनुसार नेपाली मुद्रामा परिवर्तन गरी सम्बन्धित परियोजनाको नाममा रहेको कुनै वाणिज्य बैङ्कको खातामा त्यस्तो नेपाली मुद्रा जम्मा गर्नु पर्नेछ।